२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

सामाजिक एकता र सहिष्णुताले मात्र देशको समृद्धि हुन्छ : बलबहादुर केसी



सोलुखुम्बु । सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका बलबहादुर केसीले सामाजिक एकता र सहिष्णुता कायम राख्नुपर्ने बताएका छन् ।

चुनावी कार्यक्रममा मतदातालाई उनले सामाजिक एकता, धार्मिक तथा जातीय सहिष्णुताले मात्र देशको विकास र समृद्धि हुने बताएका हुन् । यसका लागि आफ्नो स्थापनाकालदेखि नै कांग्रेस दत्तचित्त भएर लागेको उनको भनाइ छ ।

प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि कांग्रेसले ठूलो संघर्ष गरेको बताउँदै उनले तत्कालीन विपी कोइराला नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् द्वारीकादेवी ठकुरानीसहित कांग्रेस महामन्त्रीमा धनमानसिन्ह परियारलाइ नेतृत्वमा स्थापित गरेर कांग्रेसले समावेशी सिद्धान्तलाई स्थापित गरेको दाबी गरे ।

साथै उनले विकास निर्माणमा पनि कांग्रेस सधैं अगाडि रहेको दाबी गरे । थुलुङ दुधकोसी–३ पन्चनको सिमदेखि वाकुतामा खानीसम्म आउने सुरुङमार्ग खनेको र सो खानी सञ्चालनको लागि आफ्नो पहलमा रातो किताब पारेर सम्भाव्यता अध्ययन अनुमति एवं सञ्चालन स्वीकृति भएसँगै यहि खानी प्रयोजनका लागि उद्योग मन्त्रालयको बजेटबाट बाटो खनेको नेता केसीको दाबी छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ४९ बजे