बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

अब मुलुक चलाउने जिम्मेवारी युवालाई दिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकका मतदाताहरुसँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दावेदारी प्रस्तुत गर्ने बताए । अव मुलुक चलाउने जिम्मेवारी युवाहरुलाई दिनुपर्ने भन्दै त्यसको सुरुवात आफैले गर्ने उनको भनाइ छ ।

थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चूनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको बताए। अव शीर्ष नेताहरुलाई पछाडिको सिटमा राखेर स्टेरिङ समात्न आफू तयार रहेको उनले बताए । त्यस्तै थापाले संघ र प्रदेशको निर्वाचन गठबन्धनले जित्ने भन्दै त्यसपछिको कार्यभार सफलताका साथ पूरा गर्नका लागि तयार हुनुपर्ने धारणा राखे ।

यसअघिको पाँच वर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अबको पाँच वर्ष स्थिरता र परिणाममुखी हुनुपर्ने थापाको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ५३ बजे