चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मतदातालाई कुन्ती पोख्रेलको प्रस्न भ्रष्टाचारको खेती गरिहेकाहरुलाई मत दिनुहुन्छ कि युवालाई ?



काठमाडौं । काठमाण्डौ क्षेत्र नं २ प्रतिनिध सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलद्धारा आममतादातालाई प्रस्न गर्दै भ्रष्टाचारको खेति गरिरहेकाहरुलाई मतदान गर्नु हुन्छ कि युवालाई भनेर सोधेकी छिन् । योग्यता क्षमता भएका सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई हेरर मतदातालाई भोट हाल्न अपील गरेकी छिन् ।

उनले जनताहरु शिक्षित भइसकेका छन्, उनीहरुले कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा आफै सचेत हुन्छन् । आज राजनीतिलाई पेशा बनाउनेहरुले नेपालमा भ्रष्टाचारको खेती गरिहेकोले यो पटक आफैले उद्यमशीलता गरेर राजनीतिलाई समाज सेवाका रुपमा अर्थात् जनताको सेवा गर्ने उम्मेदवारलाई भोट हाल्न उनले अनुरोध गरेकी छिन् ।

उनले नेपालका चालीस भन्दा बढी जिल्लामा करिव एक लाख महिलाहरुलाई सीपमूलक तालीम दिएर स्वोरोजागर हुने अवसर प्रदान गरेकी थिइन् । हजारौ बालबालिकाको शिक्षा, दिक्षा र रेखदेखका लागि उनले काम गरकी थिइन् ।

उनी आफैमा उद्यमी हुन् । यतिबेला उनको ‘पोज फेसन’ले नेपालमा नै तयारी पोशाक निर्माण गरी नेपाली उत्पादनलाई हरेक नेपालीको घरसम्म पुु¥याउन लागिपरेकी छिन् । यसले तयारी पोेशाकमा नेपाललाई आत्मानिर्भर बनाउने उनको योजना छ ।

उनी आफू युवा भएकाले नेपालका हजुरबुवा पुस्ताका नेताहरु भन्दा आफू सक्षम भएको बताउछिन् । आज पढेलेखेको उद्यम गरिरहेको, दक्ष अनुुभवि युवाहरुलाई मतदाताले चुुन्ने उनको विश्वास रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ५७ बजे