बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

अध्यक्ष महतोद्वारा अपाङ्गता भएका व्यक्तिलाई घरमै गएर बाँडे भत्ता



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडास्तर देखि लिएर घर घर मै समाजिक भत्ता वितरण भैरहेको छ । आइतवार अध्यक्ष राजकुमार महतोले वडा नं. १ का अपाङ्गता भएको व्यक्तिहरुलाई उनीहरुका घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

आइतवार वडा नं.१ रतपुर बस्ने श्रीपती देवी राय र सोशिलादेवी रायलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो र वडा नं. १ वडा अध्यक्ष रामेश्व प्रसाद महतोले ती लाभग्राहीको घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेको चन्द्रनगर गाउँपालिकाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए । घरकै ओछियानमै भत्ता पाएपछी श्रीपती र सोशिला खुसी भएका छन् ।

श्रीपति र सोशिला पूर्ण अंपाग भएकोले उनीहरुको घरमै गएर ११ हजार ९ सय ७० रकम एनआईसी एसिया बयलबास शाखाका माध्यमबाट गाउँपालिका अध्यक्ष र वडा नं. १ का वडा अध्यक्षले वितरण गरेको एनआईसी एसिया बयलबास शाखा म्यानेजर मनिष प्रताप साहले जानकारी दिए । यस अघि गाउँपालिका अध्यक्षले वडा नं. ४ बाट समाजिक सुरक्षा भत्ता वडा स्तरमा सुरुवात गरेका थिए ।

गाउँपालिका अध्यक्ष महतोले अब देखि हिडडुल गर्न नसक्ने पुर्ण अपाङ्गलाई गाउँपालिकाको ७ वटै वडाको विभिन्न गाउँ पुगेर भत्ता वितरण गर्ने बताए । आफू जन्ताको सेवक भएको हुँदाँ जतिसुकै ठूलो समस्या तथा चुनौती आए पनि आफूले गरेको चुनावी प्रतिवद्धता पूरा गर्ने अध्यक्ष महतोले दाबी गरे । गाउँपालिका अध्यक्षको यो कदमलाई लिएर गाउँपालिकावासीहरुले चौतर्फी प्रशंसा गर्न थालेको छ ।

वडा नं. १ का स्थानिय सोहन महतोले गाउँमा नै समाजिक सुरक्षा भत्ता वितरण भएपछि आफूलाई खुसी लागेको बताए । म अटो व्यवसायी हुँ, नबिल बैंकबाट भत्ता वितरण हुँदाँ वृद्धवृद्धालाई ओसारपसार गर्दा भत्ता वितरणको समयमा दैनिक ८ हजार जति कमाई हुन्थ्यो अहिले कमाई मरे पनि आफू दुखी नभएकोक सोहनले भने । जनप्रतिनिधिको यो सराहनीय कार्य भएको अटो व्यवसायी सोहनले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : ४३ बजे