बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

चन्द्रनगर गाउँपालिकाद्वारा चन्द्रनगर सामा चकेवा २०७९ कलात्मक प्रतियोगिताको आयोजना गरिँदै



काठमाडौं । चन्द्रनगर गाउँपालिकाले प्रथम चन्द्रनगर सामा चकेवा २०७९ कलात्मक प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए । प्रतियोगिता आगामी २२ गते आयोजना गरिने अध्यक्ष महतोले बताएका हुन् ।

यही कात्तिक २२ गते गरिन लागेको प्रथम चन्द्रनगर सामा चकेवा उत्सव २०७९ प्रतियोगितामा सामेल हुन इच्छुक सरोकारवालाहरुलाई सहभागीहरुको लागि हार्दिक अनुरोध पनि गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई उचित पुरस्कारको पनि व्यवस्था गरिएको चन्द्रनगर गाउँपालिका सचिवालयले बताएको छ । सो प्रतियोगितात्मक कार्यक्रम भने एक हप्तासम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : १६ बजे