बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

प्रधानमन्त्री देउवा धनगढीमा असन्तुष्ट बागीलाई फकाउँदै



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित आफ्नो निवास पुगेका छन् । गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर देउवा आइतबार धनगढी आइपुगेका हुन् । शुक्रबार धनगढी पुगेका देउवा कार्यकर्ताबीच भेटघाटमै व्यस्त छन् ।

देउवाले निजी निवासमा असन्तुष्टहरूलाई बोलाएर भेटघाट र छलफल गर्ने काम अ गाडि बढाएका हुन् । उम्मेदवार छनोटको विषयमा लिएर असन्तुष्ट रहेका कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर फकाउन छलफल गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (ख) बाट सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन् । क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ०७ बजे