बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

सीता दाहालको स्वास्थ्य अवस्था जटिल



काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनस् जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ५९ बजे