बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्नू : प्रमुख निर्वाचन आयुक्त




काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँगको सामूहिक छलफलमा यस्तो बताएका हुन् ।

उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने बताए । उनले भने, ‘मैले करिब ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु। मेरो अनुभवले अहिले आएर हेर्दाखेरी यो मतपेटिका कसरी साटिँदो रहेछ भन्ने तरिका जान्दै नजानिकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ। म यसलाई प्रष्ट पारौं। मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मैले भन्नैपर्ने हुन्छ।

मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भए छ नि १ मैले त्यो दिव्यज्ञान प्राप्त गर्न सकेँ भने त्यस्तो हुन नदिने कुराको ग्यारेन्टी गर्छु, जुनसुकै मूल्य चुकाउन परोस् । तर त्यो दिव्यज्ञान कहीँबाट प्राप्त होस् ।’ सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पस्टोक्ति थियो ।

‘कसैले मतपेटिका छाप्दा सेक्युरिटी कोड हुन्छ। प्रत्येक मतपत्रमा फरक९फरक सेक्युरिटी कोड हुन्छ। त्यो गोप्य डायरीमा हामीले लेखेको हुन्छौं। त्यहाँको मतपत्रमा त्यस्तो सेक्युरिटी कोड हुन्छ भनेर। सम्झनुस् कसैले मतपेटिका फेर्‍यो भने के खाली मतपेटिका फेर्ने कि हालेको मतपेटिका फेर्नेरु त्यो मतपत्र कहाँ हुन्छ र हाल्नेरु हामीले के भन्न पर्‍यो भने कि अर्को साट्ने गरी मतपत्र पठाएको छ भनेर शंका गरिदिनु। त्यो मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ।

अब जेलाई पनि आशंका नै गर्ने हो भने तरिका जान्दै नजानिकन मलाई मेरो पद सकिन्छ कि डर छ। यसलाई म प्रष्ट पारौं–मेरो बुझाइमा मेरो अनुभवमा कसैले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना छैन। यस्तो खालको आशंका नराखिदिन म विनम्र अनुरोध गर्दछु ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागि परेको समेत बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे। त्यसका लागि सम्बन्धित पक्षले खबरदारी गरिदिनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन आयोगले निर्वाचनमा करिब १० हजार पर्यवेक्षकहरू परिचालन गर्ने योजना रहेको जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ३७ बजे