बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

महालक्ष्मी विकास बैंक र कलेजबीच सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने भनी हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ ।

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशोधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रधानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशोधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात बैंकले कलेजका विद्यार्थीहरुका लागि इन्टर्नसिप अवसर, जब फेर प्रोगाम, बैंकिङ अवार्नेस प्रोगाम, गेस्ट लेक्चरर भिजिट लगायत अन्य कार्यक्रमहरू प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ४५ बजे