बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

माधव नेपाललाई कुन्ती पोख्रेलको प्रश्न प्रधानमन्त्री हुँदा किन तीनकुने समस्या समाधान भएन ?



काठमाडौं । तीनकुनेमा बन्ने भनिएको पार्क र उक्त पार्कसँग जोडिएको जग्गाको मुआव्जा वितरण एवम् निर्माणाधिन पार्कलाई लिएर राप्रपा काठमाडौं क्षेत्र नं २ की उम्मेदवार कुन्ती पोख्रेलले राजनीतिक दलका नेता तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बारेमा कडा शव्दमा टिप्पणी गरेकी छिन् ।

उनले यो क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरुले आफ्नो कार्यकालमा के हरेर बसे ? भनी उनीबीच दरिलो प्रश्न तेस्र्याएकी छिन् । कोटेश्वर महादेव मन्दिरको सन्ध्याकालीन आरतीमा सरिक हुने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रश्न गरेकी हुन् । उनले तीनकुनेको पार्क निर्माणको अन्योलता, मुआब्जा वितरणमा भएको ४८ बर्ष लामो ढिलाई तथा राज्यलाई त्यो पार्कमा हुने आकस्मिक र अर्थहीन लगानिले थोपरेको आर्थिक भारको बारेमा प्रस्न उठाएकी थिइन् ।

प्रस्न उठाउँदै उनले भनिन, ‘सर्वसाधरणको मुुआब्जा विवाद कहिले समाधान हुन्छ ? त्यहाँ कहिले पार्क बन्छ ? सर्वसाधारणको जग्गा ओगटेर राखिएको छ, किन उनीहरुको समस्या समाधान गरिँदैन ? राजधानीको मुटुमा रहेको तीनकुनेको हरियाली आकर्षक गार्डेन हुनुपर्नेमा आज त्यो जग्गा झाडीमा परिवर्तन भएको छ ।

उनले त्यो जग्गाको कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै बेइज्जतीको सामना गर्नुपरेको बताउदै विश्वका विभिन्न देशहरुबाट उच्च पदस्त व्यक्तिहरु आउँदा करोडौ रुपैयाँ खर्च गरेर जस्तापाताले लाज छोप्ने गरिएको छ । पटक पटक लाज छोप्न जस्तापाता लगाउँदा करौडौ रुपैयाँ खर्च हुने गरेको छ । त्यसरी लाज छोपेको बजेट धेरै पटक खेर गएर राष्ट्रलाई अतिरिक्त आर्थिक भार थप्ने गरिएकोप्रति उनको आक्रोश थियो ।

उनले भनिन्, ‘पटक–पटक त्यसरी खर्च गर्ने बजेटले दीर्घकालीन समस्या समाधान गर्न नसकेकोले राज्यको आर्थिक भार अत्याधिक बढेको उल्लेख गरिन् । उनले भनिन्, ‘यस्ता अलपत्र विवादास्पद योजनाहरु देशभरि खोज्ने हो भने थुप्र्रै स्थानमा लापरबाही गैह्र जिम्वेवार र लाचारिपना देखिन्छ । यस्ता पतित भ्रष्ट जिम्वेवारीहीन नेताले देश बनाउछन् भनेर फेरि पनि सोच्नु हाम्रो मूर्खता शिवाय केही होइन ।’

उनीले दोहो¥याइन्, ‘यो क्षेत्रमा चुनाव जितेका सांसदहरु कहाँ गए ? यो क्षेत्रमा चुनाव लड्ने माधवकुमार नेपाल, झक्कुप्रसाद सुवेदीहरुले के गरे ? पूर्व प्रधानमन्त्रीसमेत भइसकेका माधव नेपालकोे कोटेश्वरमा घर छ । उनी संसद् भवन धाउँदा त्यहीँ तीनकुनेको बिजोग टुलुटुलु हेर्दै हिँडे तर रोइरहेको तीनकुनेको समस्या समाधान गर्ने विषयमा उनको हैसियत कहिल्यै पुगेन । आज माधव नेपाल विना पैसा विदेश पठाउने फ्रि टिकट दिने लाज मर्दो भाषण गर्दै हिडिरेहेका छन ।

त्यसरी माओवादीका नेता झक्कुप्रसाद सुवेदी यही क्षेत्रबाट चुनाव जिते । यहाँ आश्वसन दिने चुनाव जित्ने आफ्ना सन्तानको पालन पोषण गर्ने देशको ढुकुटिमा ब्रम्हलुट गर्ने भन्दा बाहेक उनको पनि अर्को काम देखिएन । आज उनीहरु जहाँ जित्न सकिन्छ त्यहाँ जान्छन् । जहाँका जनता सोझासिदा छन् झुक्याउन सकिन्छ ।

त्यहीँ गएर भाषण दिएर सोझासाझा जनतालाई भ्रम पारिरहेका छन् । यो लाजमर्दो, नैतिकताहीन नेताहरुले देश कंगाल बनाउनु बाहेक अरु केही काम गर्दैनन् । उनले भनिन्, ‘माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि २०६७ सालमा तीनकुनेको विवाद मिलाउन मन्त्रीस्तरीय निर्णय गरे एउटा कार्यदल बनाए । त्यो नाटक गरेजस्तो कार्यदल बन्यो, तर त्यसले समस्या समाधान गर्न त परै जावस् आजकाल उनले तीनकुने बिर्सिसके होलान् सायद !

राज्यमा करोडौ रकम झ्वाम पारेर आफ्नो स्वार्थसिद्ध गर्नेहरुले सर्वसाधरणको मुआब्जा वितरण गर्न किन नसकेको’, भनेर प्रश्न गरेकी छिन् । उनले भनिन्, ‘यो घोर अन्याय गरेर सर्वसाधरणको बाँकी मुआब्जा किन नदिएको ? किन त्यहाँ पार्क नबनेको भन्दै प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘एउटा पार्क बनाउन सक्ने हैसियत नभएकाहरुले देश हाक्छु भन्दा हामीले किन पत्याउने ?’ उनले ‘हैसियत भए पार्क बनाएर देखाउन पहिलेका उम्मेदवारहरुलाई चुनौतिसमेत दिइन । उनी अगाडि भन्छिन्, ‘यो त एक्काइशौं शताब्दिको समस्या हो नि आज त कम्तिमा हामीजस्ता पढेलेखेका युवाहरु छौं नि, अव हामी त्यत्तिकै चुप लागेर बस्दैनौं ।’

काठमाडौं महानगरमा मेयर निर्वाचित भएपछि बालेन साहले तीनकुनेमा पार्क बनाउन गरिरहेको पहलको भने उनले खुलेर तारिफ गरेकी छिन् । उनले भनिन्, ‘पढेलेखेका युवा भनेको युवा नै हो आज बालेनले सम्बन्धित पक्ष तथा मन्त्रालयमा गरिरहेको नियमित गृहकार्य अत्यन्त महत्वपूर्ण रहेको र आफूलाई जनताले संसदमा चुनेर पठाएमा तीनकुने समस्या समाधान गर्न जस्तोसुकै कसर बाँकी नराख्ने उल्लेख गरिन् ।

‘म स्थानीय सरकारसँग सहकार्य गरेर यो समस्याको समाधान गर्न सहयोग पु¥याउने नै छु । साथै समस्या समाधानका लागि संसदमा जोडदार आवाज उठाउने छु ।’ यसको दीर्घकालीन समाधानका लागि राज्यका सवै निकायलाई समन्वय गरेर उपाय निकाल्न म सधैं तयार छु ।

आज यो पार्कमा भएको सबै खर्च विवरणको विशेष प्रतिवेदन जारी गर्न लगाउने उनले तयारी गरेकी छिन् । उनले भनिन्, ‘अब मलाई सांसदमा जिताउनुहोस् त्यसपछि यहाँ जे÷जति नाटक मन्चन गरिएको छ त्यसको पर्दाफास गरेर समस्या समाधानका लागि अगाडि बढ्ने छु । कहाँ कहाँ कमीकमजोरी भएका छन् तिनको एक–एक हिसाब गरेर तीनकुने समस्या समाधान गरेरै छाड्ने छु ।’

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ३८ बजे