३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

विनोद चौधरीद्वारा थारू समुदायको समस्या हल गर्ने प्रतिवद्धता



काठमाडौं । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान गरी समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आइतबार थारू समुदायका अगुवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा थारू समुदायले पनि आफ्नो हक, अधिकार र समस्या पहिचान गरी अघि बढ्नुपर्ने समय आइसकेको बताएका हुन् ।

‘थारू समुदायमा स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारको अवस्था के छ अझै गहिरिएर बुझ्ने मौका पाएँ,’ चौधरीले भने। सो कार्यक्रममा थारू अगुवाहरूले आफूहरुभित्र रहेका समस्याबारे जानकारी गराएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : १५ बजे