चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

नेपाल भारत सिमानाका ४ दिन बन्द हुने



काठमाडौं । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ४ दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड ९जिल्ला अधिकारी० सहितका सुरक्षा प्रमुखहरु सहभागी थिए ।

बैठकमा सीमा क्षेत्रमा हुने हातहतियार तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखन नियन्त्रणका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने र नक्कली नोट नियन्त्रणलगायत साझा सवालमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ०७ बजे