बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

जसपाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताएका छन् ।

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनीतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए ।

उनले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र समृद्धिको आन्दोलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने उनको भनाइ छ । देशको बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्नेमा उनको जोड छ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ५८ बजे