चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

जसपाले आज घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्या निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । नेकपा एमाले संग तालमेल गरेको जसपाले प्रतिनिधि सभा सदस्यका लागि १७ स्थानबाट उम्मेदवारी दिएको छ ।

निर्वाचन मिति नजिकिएसंगै दलहरुले आगामी पाँच वर्षमा गरिने कामको योजना, लक्ष्य र उदेश्यसहित प्रतिबद्धता पत्र सर्वाजनिक गरिरहेका छन् । यसअघि नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, एकिकृत समाजबादी, नेकपा एमाले, राप्रपा लगायत पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : १८ बजे