बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

ओलीले संविधान च्यात्ने काम गरेका छन् : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्रैदेखि यो व्यवस्थालाई स्वीकार नगरेको बताएका छन् ।

गोरखा नगरपालिकामा आयोजित गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै उनले ओलीले भित्री मनदेखि संविधान स्वीकार नगरेको आरोप लगाएका हुन् ।

ओली शक्तिमा पुग्नासाथ राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेको आरोप लगाउँदै उनले संविधान च्यात्ने काम गरेपछि आफ्नै प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उनले प्रष्ट पारे ।

उनले भने, ‘शेरबहादुरजीलाई मैरै प्रस्तावमा प्रधानमन्त्री र गठबन्धनको लागि प्रस्ताव गरेको हुँ । उनलाई संख्या पुग्दैन कि भन्ने द्विविधा थियो । तर, माधव नेपाल, नारायणकाजीजीसहितले विश्वास दिलाएपछि तयार भए ।

लोकतन्त्र र संविधान जोगाउन स्वाभाविक रुपमा गठबन्धन बनेको प्रचण्डले बताए । उनले कुनै द्विविधामा नरहेर रुखले हँसिया हथौडामा र हँसिया हथौडाले रुखमा भोट हाल्न अपिल गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ०५ बजे