३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

गगन थापा जुटे काठमडौं क्षेत्र नंं ४ को चुनावी प्रचार अभियानमा



काठमाडौं। काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका गगन थापाले आफ्नो चुनावी प्रचार सुरु गरेका छन्।

एकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर उनले आफ्नो चुनावी प्रचार तथा घरदैलो सुरु गरेका हुन्। गणेश मन्दिरमा भेला भएका नेता कार्यकर्तासँगै उनी घरदैलोमा सामेल भएका थिए ।

थापालाई एक वृद्ध दम्पतीले जीतको शुभकामना दिए। थापासंगै प्रदेशसभाका उम्मेदवार र अन्य समानुपातिकका उम्मेदवारहरु पनि निस्किएका छन्। उनीसंगै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीसहितका अन्य नेताहरु पनि प्रसारमा देखिए। प्रचारमा हिँडिरहँदा थापसँग मतदाताहले सेल्फी पनि खिचे। थापाको र्यालीका कार्यकर्ताहरु उत्साहित देखिन्थे। बिहान साढे ८ बजेदेखि सुरु भएको घरदैलो शुक्रबार चावहिल केन्द्रित हुने बताइएको छ।

घरदैलोको सरूवातमा क्षेत्र नं ४ का नेता कार्यकर्ताहरू ठूलो उपस्थिति रहेको थियो। चन्द्र विनायक उपत्यकाका चार विनायकमध्ये एक हुन्। चन्द्र विनायक मन्दिर एक हो यसलाई चावहिल गणेश मन्दिर पनि भनिन्छ।

यस मन्दिरमा कार्तिकमा मनाइने ‘धुनी जगाउने’ जात्रा काठमाडौंको महत्त्वपुर्ण जात्रामध्येको एक हो। यस क्षेत्रकै ठूलो पर्वका रूपमा रहेको नेवार समुदायमा प्रचलित यो जात्रा नेपाल संवत ८००÷८०४ देखि भुपालेन्द्र मल्लकै पालाबाट मनाउन थालिएको इतिहास तथा संस्कृतिविद्हरूको ठम्याई छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ५२ बजे