बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

के अब देश भ्रष्टहरुलाई सुम्पिने हो ? कुन्ती पोख्रल



काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले आफूले हार्नलाई नभइ जित्नलाई उम्मेदवारी दिएको बताएकी छन् । उनले बिहिबार काठमाडौं–९, स्थित गौसालाका मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएकी हुन् ।

कार्यक्रममा पोख्रेलले भ्रष्टचारीलाई ठिक लगाउन आफूले चुनाव जित्नैपर्ने दाबी गरिन् । ‘सरकारबाट बजेट आउँछ, तर त्यो बजेट सही ठाउँमा उपयोग हुनसक्दैन, के अब देश भ्रष्टहरुलाई सुम्पिने हो ?’ पोख्रेलले प्रतिप्रश्न गरिन् ।

विकासको कामहरुमा ढिला भइरहेकोप्रति असन्तुष्टि जनाउँदै समयमा ती काम सिद्ध गर्न आफू संसदमा पुग्नैपर्ने बताउँदै काठमाडौं क्षेत्र नं. २ का जनताले आफूलाई जिताउनसमेत आग्रह गरिन् ।

उनले शिक्षाका लागि छुट्याइएको बजेट सही ठाउँमा सदुपयोग नहुँदा शिक्षा क्षेत्र ओझेलमा परेको बताइन् । नेपालमा भनेअनुसारको रोजगार र आम्दानी नहुँदा युवाहरुमा विदेश जान वाध्य भएको भन्दै उनीहरुलाई रोजगारयुक्त सीपमुलक व्यवसायिक तालीमको आवश्यकता रहेको औल्याइन् ।

विदेश जानुपर्ने संस्कार किन आयो, कहाँबाट आयो ? भन्ने प्रश्न गर्दै त्यसप्रति सरकारको नीतिनियम परिवर्तन गर्न आफू संसदमा पुग्नुपर्ने दावी गरिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ५५ बजे