चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

काठमाडौं महानगरका वडाध्यक्ष रिजाल परे जरिवनामा



काठमाडौँ।निर्वाचनआयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्षमुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवानामा परेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्नभएको आरोपमाआयोगले रिजाललाई ५ हजार जरिवानागरेको हो ।

आचारसंहिता उल्लंघनको गर्नेलाई जरिवानागरेको घटनापहिलो हो । आयोगले रिजाललाई निर्वाचनआचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्नभएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । वडाध्यक्ष रिजालकांग्रेसको प्रचारप्रसारमा संलग्नभएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीयकार्यपालिकातथा सोका पदाधिकारीले पालनागर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) माकुनै राजनीतिकदलवाउम्मेदवारको पक्ष र विपक्षमाप्रचारप्रसारमा संलग्नहुननपाइने व्यवस्था छ ।

स्थानीयकार्यापालिकाकापदाधिकारी आफू बहाल रहेको स्थानीयतहबाहेक स्थानीयतहमा सम्बन्धित राजनीतिकदलको निर्वाचनप्रचारप्रसारको काममा संलग्नहुन सक्ने व्यवस्था छ । रिजालले आफू प्रचारमा संलग्ननभएको दाबी सहितको स्पष्टीकरण आयोगमादिएको थियो ।

रिजालकै फेसबुकमाप्रचारमा संलग्नभएको आधारमा जरिवानागरिएको आयोगले जनाएको छ । आचारसंहिताअनुसार उनले काठमाडौं महानगरपालिकाभित्रदलको प्रचारप्रसारमा संलग्नहुनपाउँदैन । उनीकांग्रेसको उम्मेदवारको पक्षमाप्रचारमा हिँडेको भन्दै आयोगले निर्वाचनआयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गरेको हो । उक्तदफामाआचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवानागर्न सक्ने व्यवस्थाउल्लेख छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ३९ बजे