बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

उम्मेदवारहरुलाई मञ्च बनाउँदा लाग्ने खर्च पेश गर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्चको विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।

आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

यस्तै उनले निर्वाचन प्रचरप्रसारमा जाँदा संघीय र प्रदेश सरकारका मन्त्रीलेसमेत अनुमति लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : २५ बजे