चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दलहरूले घोषणापत्रमा जनतालाई झुक्याएको बाबुराम भट्टराईको आरोप



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरूले जनतालाई झुक्याएको बताएका छन् । उनले प्रमुख दलका घोषणापत्रमा गर्ने कामबारे फुलबुट्टा भरेको भए पनि ती काम कसरी गर्ने र पैसा कहाँबाट ल्याउने भन्नेबारे केही नलेखिएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रमुख दलहरूको चुनावी घोषणापत्र पढ्दा’के गर्ने’भन्नेबारे त निकै फुलबुट्टा भरेको देखियो तर ‘कसरी गर्ने’ र मुख्यतः पैसो ‘कहाँबाट ल्याउने’ भन्नेबारे चाहिँ खासै केही भेटिएन । अनि तीन वर्ष दुई तिहाइको सरकार हुँदा किन ती काम नगरेको भन्ने पनि बताउन आवश्यक ठानिएन ।मतदातालाई अब कति झुक्याउने ?’

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : २४ बजे