बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

नागरिक उन्मुक्ति पार्टींद्वारा स्वतन्त्र उम्मेदवारलाई समर्थन



काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर( ५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

कैलाली( ५ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको नागरिक उन्मुक्ति पार्टी कैलालीका अध्यक्ष कैलाश चौधरीले जानकारी दिए ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए । तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ०६ बजे