बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

निर्वाचन आयोगलाई तोसिमाको उम्मेदवारी खारेज नगर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधिसभाको उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न आन्तरिक आदेश जारी गरेको छ । सोमबार दर्ता भएको रिटको सुनुवाई पछि सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा यस्तो आदेश दिएको हो ।

यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको छ । डा। कार्की मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उनी लाभको पदमा भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ४२ बजे