बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

नवलपरासीमा माओवादीका बागी उम्मेदवारको निस्क्रियताले विनोद चौधरीलाई सन्चो



काठमाडौं । नवलपरासीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ३ जनाले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन् ।

उनीहरुले मंगलबार एक विज्ञप्ति जारी गरी आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको बताएका हुन् । नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेलले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी हुन् । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले पनि उम्मेदवारी निस्क्रिय बनाएका छन् ।

उनीहरुले उम्मेदवारी दिँदा पार्टीको आन्दोलनको रक्षा गर्न र नेपाली कांग्रेसले अनाधिकृत उम्मेदवारी दिएकाले त्यसको विरोध गर्न आफूहरुले उम्मेदवारी दिएका जानकारी दिएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४६ बजे