चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली (सोमबार) निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वानका लागि सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

मंसिर ४ गते हुने आम निर्वाचनको लागि दलहरुले आगामी पाँच वर्षमा आफ्नो पार्टीले गर्ने कामको योजना लक्ष्य र प्रतिबद्धता सहितको घोषणपत्र सार्वजनिक गर्ने क्रम सुरु गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ। अन्य दलहरु पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : २८ बजे