बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

प्रधानमन्त्री देउवाद्वारा दक्षिण कोरियाको घटनाप्रति दुः ख व्यक्त



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा शनिबार राति भएको भागदौडको घटनाप्रति दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजालमार्फत सोलमा भएको घटनाप्रति दुख व्यक्त गर्दै दक्षिण कोरियाको सरकार र जनताप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । उनले घटनामा घाइतेको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।

शनिबार राति राजधानी सोलमा हालोवीन पर्व मनाउन उपस्थितहरुबीच भागदौड हुदा १५० जना भन्दा बढीको मृत्यु भएको थियो । घटनामा सयौं घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ५७ बजे