बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

एमाले पर्साका ५४२ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग



काठमाडौं । नेकपा एमाले पर्साका ५४२ जनाले पार्टी परित्याग गरेका छन् ।

जनता समाजवादी पार्टीसँगको गठबन्धनबाट असन्तुष्ट रहेका एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कदम रसुलसहित पार्टीको मूल मर्म विपरीत पार्टी गएको भन्दै एमाले छाडेको घोषणा गरेका हुन् ।

मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज बाबुराम कौशिक नेतृत्वमा बसेको बैठकले एमाले परित्याग गरेको घोषणा गरेको हो ।

पार्टी परित्याग गरेकाहरूले स्वतन्त्र उम्मेदवार जिताऊ अभियान सञ्चालन गरेर स्वतन्त्र उम्मेदवारका पक्षमा लाग्ने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३५ बजे