चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

रौतहटमा गठबन्धनका उम्मेदवार नेपाललाई बागी उम्मेदवार बनेका झाको समर्थन



काठमाडौं । आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट बागी उम्मेदवार बनेको रेवन्त झाले आफ्नो उम्मेदवारी निश्क्रिय बनाउने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विरुद्ध बागी उठेका झाले आफ्नो उम्मेदवारी निश्क्रिय बनाएर नेपाललाई समर्थन जनाउने भएका हुन् ।

झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन् । झाले गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको विशेष पहलमा पुरानो घर प्रतिक्रिया दिएका छ्न् ।

विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेसवादी दलमा लागेका थिए । यो क्षेत्रमा राम्रै जनमत रहेको मानिएको झा एकीकृत समाजवादी प्रवेश गरेसँगै सो अध्यक्ष नेपालको जितको सम्भावना बढेको आँकलन गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : २० बजे