३० असार २०८३, मंगलबार Wed Jul 15 2026

एमाले अध्यक्ष ओली झापाका विभिन्न कार्यक्रममा रहने



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् ।

आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन्। जसअनुसार आफ्नो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

आजै अध्यक्ष ओलीले क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसैगरी अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तर्क्रिया र सम्बोधन गर्नेछन् ।

१४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : १५ बजे