बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

नेसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक



काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो । पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिले संसदीय चुनावमा भाग लिनुपर्ने आवश्यकता नरहेको भन्दै आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी नदिएका भट्टराईले पार्टीको घोषणा पत्र सार्वजनिक गरेका छन् ।

देशभित्रै उत्पादन, देशभित्रै रोजगारीलाई मुख्य नारा बनाएका बाबुरामले गुणस्तरीय शिक्षा र स्वास्वथ्यमा सबैको पहुँच स्थापित गर्ने, स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने, भ्रष्टाचार मुक्त सरकार, वातावरणमैत्री जीवनशैली, सबैलाई लोकतन्त्रको प्रत्याभूतिसहितको समृद्धि जस्ता विषयलाई लक्ष्य बनाएका छन् ।

भट्टराईले आफू अर्थमन्त्री तथा प्रधानमन्त्री हुँदा गरेका विकास निर्माणका कार्य र योगदानलाई पनि घोषणापत्रमा समेटेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : २९ बजे