१४ भदौ २०८३, आइतबार Sun Aug 30 2026

प्लाष्टिकजन्य फूलमालाको खरिद बिक्री नगर्न विभागको आग्रह, प्रगोग गरेमा १ लाख सम्म जरिवाना हुने



काठमाडौं । वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गरेको छ ।

नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो । विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।

‘सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६०ले दिएको अधिकार प्रयोग गरी मिति २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको विषय सर्वविदितै छ, नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’ सूचनामा उल्लेख छ।

नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : ५९ बजे