बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

चन्द्रनगर गाउँपालिकाद्वारा कर्मचारीको तलब वृद्धि



कैलाली । कैलालीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको तलब वृद्धि गरेको छ । गाउँपालिकाले कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाएको हो । गााउँपालिकाले आफ्नो क्षेत्रमा कार्यरत आन्तरिक श्रोतबाट तलब भत्ता पाउने करारका कर्मचारीहरुको तलबमा २०७९ साउन १ देखि लागुहुने जनाइएको छ । उक्त तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले देशमा बढेको मंहगी र नेपाल सरकारले स्थायी कर्मचारीको तलवमा गरेको १५ प्रतिशत वृद्धिलाई मध्यनगर गर्दै वृद्धि गरेको हो । गाउँपालिकाले २०७९ साउन २९ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको थियो ।

‘मंहगी स्थायी तथा करार सबै प्रकृतिका कर्मचारीको लागि समान रुपले लागु हुन्छ, हाम्रो गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मंहगीको समस्यालाई नियम कानुनको अधिन रहि र श्रोतको उपलब्धताको आधारमा सकेसम्म दुवै प्रकृतिका कर्मचारीलाई गाउँपालिकाले समान प्रकारले व्यवहार गर्न उक्त निर्णय हामीले गरेको छौं ।’ चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले बताए ।

गाउँपालिकाले नियमानुसार उपयुक्त देखिएका कर्मचारी तथा जनप्रतिनिधीको २०७९ साउन देखि असोज सम्मको तलब र सेवा सुविधा निकासा गरि सकिएको तथा तिहार विदा अगाडी सबैको बैंक खातामा डिपोजिट भई सकेको गाउँपालिकाका लेखापाल सुनिलकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ०२ बजे