कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी



काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन् । सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो ।

पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो । कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए ।

खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ५१ बजे