कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

पाकिस्तानमा भएको उपचुनावमा इमरान खानको कीर्तिमानी



काठमाडौँ । पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन् । नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो ।

उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई०ले ८ मध्ये ६ सिटमा जित हात पारेको छ । पाकिस्तान पिपल्स पार्टी ९पीपीपी०ले दुई सिट जितेको छ । पीटीआईका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान आफैं नेशनल असेम्बलीको ७ क्षेत्रमा उम्मेदवार थिए ।

आफ्नो पछिल्लो रेकर्ड तोड्दै उनी ६ मा विजयी भए । २०१८ को आम चुनावमा उनले नेशनल असेम्बलीको ५ सिटमा चुनाव जितेर रेकर्ड बनाएका थिए ।शाह महमूद कुरैशीकी छोरी मेहन बानो कुरैशीले मुल्तान सिटमा प्रतिस्पर्धा गरेकी थिइन् । तर पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीसँग पराजित भएका छन् ।

पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ । चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक स्पेश बनाउने विश्लेषण भइरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ०० बजे