बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

शताब्दी वाङमय पुरुष जोशीको निधनको शोकमा ललितपुर महानगरपालिकामा सार्वजनिक बिदा



काठमाडौं । शताब्दी वाङमय पुरुष सत्यमोहन जोहीको निधनको शोकमा ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले संस्कृतिविद् जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्‍गणमा राखिने भएपछि सेवा बन्द गरेर सार्वजनिक बिदा दिएको हो ।

‘स्वर्गीय जोशीको पार्थिव शरीर महानगरपालिकाको प्राङ्‍गनमा राखिने हुँदा यस दुःखद घडीमा महानगरपालिकाबाट प्रवाह गरिने सबै सेवा आजका लागि बन्द गरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’आइतबार जारी सूचनामा भनिएको छ ।

जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । तीनपटक प्रशिद्ध मदन पुरस्कार प्राप्त गरेका शताब्दी पुरुष जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्‍याएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : २० बजे