बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

जोशीको निधनको शोकमा सोमबार साार्वजनिक बिदा



काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।

जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार सरकारले सोमबार सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।

जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ ।

यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : १८ बजे