२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

एमाले अध्यक्ष ओलीद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दुःखी बनाएको बताएका छन्। उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उनको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।’

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : २५ बजे