चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । जोशीको आज विहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा निधन भएको हो ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ०६ बजे