३१ असार २०८३, बुधबार Thu Jul 16 2026

प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाल शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उनको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन्।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जोशीको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। रगत जाँच गर्दा जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ०४ बजे