काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्
निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबार देखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।
मन्त्री चौधरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।