२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

सहरी विकास मन्त्री चौधरीद्वारा सरकारी गाडी फिर्ता



काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्

निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबार देखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।

मन्त्री चौधरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : ५३ बजे