भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक



काठमाडौं। वाङ्‍मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको अवस्था चिन्ताजनक बन्दै गएको छ।

जोशी उपचाररत किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे जानकारी गराएका हो।

‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले अवस्था चिन्ताजनक रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

अस्पतालका निर्देशक प्रा।डा। सुरज बज्राचार्यका अनुसार प्रोस्टेड तथा मुटुको समस्याबाट पीडित जोशीलाई डेंगु संक्रमण र निमोनिया पनि भएको छ। मुटुको चाल सम्बन्धी समस्या देखिएको र अक्सिजन लेभल कमी भएर उनलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

उनलाई पुरानो रोगले ग्रसित पारेकाले जतिसुकै औषधि चलाए पनि शरीरले राम्रोसँग लिन नसकेको र आजदेखि आल्बुमिन रिप्लेस्मेन्ट गर्नका लागि औषधि चलाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ५६ बजे