३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

निर्वाचन आयोगद्वारा उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई निर्देशन



काठमाडौं।निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो ।

‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिर्नेशन दिइएको छ,’ आयोगले भनेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ४ : ५६ बजे