बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

भीम रावलद्वारा अध्यक्ष ओलीको विरोध गरेबापत आफूले टिकट नपाएको खुलाशा



काठमाडौं । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापविरुद्ध बोलेकाले आफूले टिकट नपाएको बताएका छन् । उनले बिहिबार थापाथलीस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ। ‘मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’ रावलले भने । ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको उनले बताए ।

पार्टीको काममा लागिरहेको बेलामा आफूलाई पार्टीको सम्पर्कमा नभएको भनेर प्रचार गरेको समेत रावलले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  २ : ३१ बजे