बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

नेता भीम रावलद्वारा पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । रावलले आज दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

उनले बुधबार एक सुचना जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनमा अछाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो नाम एकमात्र उम्मेदवारको रुपमा सिफारिस भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिफारिसमा नभएको व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा उठेका जिज्ञासा सम्बोधन गर्न पत्रकार सम्मेलन गर्न लागेको उनले बताए ।

‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा ९एमाले० का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिका टिप्पणीका सन्दर्भमा पत्रकार भेटघाट राखेको छु’ रावलको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ३६ बजे