बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

सुनसरी १ ‘ख’ बाट एउटै पदमा दाजुभाइ प्रतिस्पर्धा गर्दै



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ बाट दाजुभाइले प्रतिस्पर्धा गर्दै छन् । उक्त क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले र जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी मैदानमा उत्रिएका छन्।

टिकट नपाउन्जेल एक अर्कालाइ सहयोग गर्ने भन्दै आएका यी दाजुभाइलाई पार्टीले टिकट दिएपछि मतदाताको घरदैलोमा भोट माग्न लागिपरेका छन् । नेकपा एसका रेवात र एमालेका विजय आफ्नै काका बढाउका छोराहरु हुन्। रेवत माइलो भाइको छोरा हुन् भने विजय कान्छो भाइका छोरा हुन्।

पार्टीले टिकट दिएपछि दाजुभाइभन्दा पनि पार्टी र सिद्धान्तलाई माथि राखेर आफू चुनावी मैदानमा उत्रिएको नेकपा एसका रेवतले बताए। भाइ विजयको भन्दा सत्ता गठबन्धनको आफूलाई समर्थन रहेका कारण आफ्नो जित सुनिश्चित भएको उनले ठोकुवा गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ३४ बजे