बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार



काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल स्रोतका अनुसार बिहीबार मुटुको चालमा उल्लेखनीय सुधार भएको छ । उनको मुटुको पुरानो रोग कायम नै भएपनि हिजोभन्दा आज धेरै सुधार भएको छ’, अस्पताल स्रोतले भन्यो, ‘छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ ।’

अस्पतालको अनुसार बुधबार प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेकोमा बिहीबार ४ लिटरमा झारिएको छ ।

‘ब्लड प्रेसरमा पनि सुधार हुँदै गएको छ । आजदेखि झोलिलो सुप खानुभएको छ । यही रुपमा स्वास्थ्यमा क्रमिक सुधार भएमा तीन–चार दिनमा वार्डमा सार्नसकिन्छ’, स्रोतले भन्यो ।

अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ०४ बजे