बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कक्षा १२ को परीक्षा वैशाख दोस्रो साता र ११ को अन्तिम सातादेखि



काठमाडौं । कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बोर्डले मंगलबार शैक्षिक सत्र २०७९÷०८० को परीक्षा सञ्चालन कार्यतालिका सार्वजनिक गरेको हो । पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ ।

यस्तै, कक्षा ११ को आशिंक÷ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्ता र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम साता सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ५९ बजे