चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नाबालिक बलत्कारको आरोप लागेका सन्दीपलाई आज अदालत लगिँदै



काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइँदै छ ।

गत बिहीबार पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

सन्दीपले मिति २०७९÷०५÷०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९÷०५÷०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ४५ बजे