२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

नवलपरासी सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेकी सिन्धु जलेसा (बुढाथोकी)ले दिइन उम्मेदवारी



काठमाडौं । नवलपरासी सुस्ता पश्चिम १ बाट सिन्धु जलेसा (बुढाथोकी)ले संघीय सांसद पदमा उम्मेदवारी दिएकी छन् । बुढाथोकीलाई नेकपा एमालेले नवलपरासी सुस्ता पश्चिम १ बाट संघीय सांसद पदको उम्मेदवार बनाएको हो । बुढाथोकी यस क्षेत्रकी लोकप्रिय नेता तथा समाजसेवी भनेर चिनिन्छिन् ।

यहाँकी स्थानीय वासिन्दा भएको कारणले पनि उनलाई चुनावी प्रतिस्पर्धा गर्न अन्यको तुलनामा सहज देखिएको स्थानीय नेता, कार्यकर्ताको भनाइ छ । बुढाथोकीसँग विभिन्न पार्टी र स्वतन्त्र गरी धेरै प्रतिस्पर्धी भएपनि उनी यहाँकी स्थानीय वासिन्दा र राजनीतिसँगै समाजसेवामार्पmत जनताका धेरै काम गरेकाले लोकप्रिय उम्मेदवारका रुपमा हेरिएको सर्वसाधारणको भनाइ छ ।

बुढाथोकीसँग तपाईंलाई नवलपरासी सुस्ता पश्चिम १ मा चुनाव जित्न कठिन हुँदैन ? भन्ने प्रश्न भनी प्रश्न गर्दा उनी निर्धक्क यसो भन्छिन्, ‘म यहाँ जन्मि, हुर्की गरेकी मान्छे हुँ, त्यसकारण यहाँका जनताले मलाई माया गरी निर्वाचित गराउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

उनी अगाडि थप्छिन्, ‘यहाँका जनतासँग सधैं हातेमालो गरेर विभिन्न सुखदुःखमा सँगै खाइखेली गरेकाले पनि यहाँका दाजुभाइ दिदीबहिनी, बुबा, आमाले माया गर्नुहुन्छ । त्यसैले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफू निर्वाचित हुनेमा ढुक्क छु ।’

यसरी बुढाथोकीले उच्च मनोबल र साहस देखाकी छन् । यस क्षेत्रमा अन्य उम्मेदवार भएपनि बुढाथोकीको मुख्य प्रतिस्पर्धा भने सत्तागठबन्धनका उम्मेदवार उद्योगपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीसँग हुने छ । चौधरीले नेपाली कांग्रेसको तर्पmबाट नवलपरासी सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : २३ बजे