२७ असार २०८३, शनिबार Sat Jul 11 2026

समाजवादीका बडुवाल आफ्नै पार्टीको चुनाव चिह्नबाट चुनाव लड्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले आफ्नै पार्टीको चुनाव चिह्न (कलम) बाट चुनाव लड्ने भएका छन्। बडुवाल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट प्रदेश सभामा चुनाव लड्दै छन् । पार्टीले उनलाई नै टिकट दिइसकेको छ।

सत्ता गठबन्धनले भागबन्डा गर्दा सुर्खेतमा नेकपा एकीकृत समाजवादीलाई नमिसाएपछि समाजवादी सुर्खेतले पार्टी केन्द्रीय कार्यालयलाई शनिबार विद्रोह गर्ने चेतावानी दिएको थियो।

यसअघि नेकपा एकीकृत समाजवादीलाई टिकट नदिएपछि रुष्ट अध्यक्ष बडुवालले क्षेत्र नम्बर २ (ख) मा समाजवादीलाई टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। उनको घोषणपछि पार्टी केन्द्रले टिकट दिएको थियो ।

सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा गठबन्धनबाट माओवादीका विन्दमान विष्टलाई टिकट दिएपछि बडुवाल असन्तुष्ट भएका हुन् । प्रदेशसभामा टिकट नपाएको नेपाली कांग्रेसको असन्तुष्ट पक्षले बडुवाललाई साझ उम्मेदवारका रूपमा अगाडि सारेको स्रोतको दाबी छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २३ बजे