बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

रुपन्देही–३ मा राप्रपाबाट बोहरा



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ को निर्वाचनका लागि उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उमेदवारी दर्ता दिएका हुन् ।

आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उमेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले), राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनका तर्फबाट साझा उमेदवारका रूपमा उनले उम्मेदवारी दिएका हुन् ।

बोहरा ०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस–राप्रपाको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।त्यसैगरी जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले रुपन्देही–३ ‘क’बाट उम्मेदवारी दर्ता गराएका छन् । यादव ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : १५ बजे